।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिन गरिरहेको एउटा संसदीय समितिको काममा रिपब्लिकन सांसदहरूले अवरोध गरेका छन् । डेमोक्र्या सांसदहरूले नेतृत्व गरिरहेको उक्त छानबिनको बन्दसत्रमा पेन्टागनका एक वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपब्लिकन सांसदहरू अवरोध गरेका हुन् । रक्षा मन्त्रालयका अधिकारी लौरा कूपर समितिमा बयान दिन जानुभएको थियो । त्यही बेला रिपब्लिकन सांसदहरूले आफूले पनि बन्दसत्रमा लिइएको बयान हेर्न पाउनुपर्ने माग राख्दै भित्र पसेर अवरोध गरेका थिए । रिपब्लिकन सांसदहरू समितिबाट बाहिर निस्किएपछि विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदले उनीहरूमाथि राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन् । महाभियोगसम्बन्धी छानबिन गरिरहेको उक्त समितिले राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीबाट हटाउने प्रयास गरेको रिपब्लिकन सांसदहरूले आरोप लगाएको बीबीसीले लेखेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here