काठमाडाैं ।। सत्तापक्ष नेकपा र प्रतिपक्ष दल नेपाली काँग्रेस विवादित विषयमा साझा धारणा बनाएर अघि बढ्न सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो भएको दुई दलको छलफलमा नीतिगत विषयमा साझा धारणा बनाउने सहमति भएको नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सीआईएनसँग बताउनुभयो । छलफलमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रमेश लेखक, मिनेन्द्र रिजाल सहितका नेताहरु उपस्थित रहेका थिए । छलफलमा सम्वाद निरन्तर गर्ने र राष्ट्रिय मुद्दामा साझा धारणा बनाउने सहमति भएको बैठकपछि नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।