काठमाडाैं ।। नेपालमा यो वर्ष फूल उत्पादन बढ्दै गएपछि किसान खुशी भएका छन् । गत वर्षहरुको तुलनामा यो वर्ष फूल खेतीमा राम्रो उत्पादन भएको धनकुटाका पुष्प व्यवसायी तथा फूल खेती गर्दै आउनुभएका गोविन्द श्रेष्ठको भनाइ छ । २५ हजार लगानीमा ५० हजारसम्म आम्दानी पुष्प व्यवसाय यो वर्ष झनै फस्टाएको उहाँले बताउनुभयो । चितवनका पुष्कर अधिकारीपनि यो वर्ष फूल उत्पादन राम्रो भएको बताउनुहुन्छ । दशैंमा राम्रो उत्पादन र आम्दानीपछि तिहारका लागि तयारी गरिरहेको उहाँले बताउनुभयो । नेपालको १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुँदै आएको छ । गत वर्ष २ नेपालले अर्बको फुल किनेको थियो । यो वर्ष फुल किन्न नेपालको पैसा विदेशमा कम जाने भएको छ । नेपालमा ४३ हजार किसान प्रत्यक्ष र अप्रत्क्ष रुपमा फूल खेती र व्यवसायमा संलग्न छन् । विषेशगरि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, मकवानपुर सहित ४३ जिल्लामा ७ सय भन्दा बढी नर्सरीहरुमा फूल उत्पादन भइरहेको छ । नेपालमै फूल उत्पादनलाई बढाउन सरकारले किसानमुखि कार्यक्रम ल्याएको कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा.युवकधोज जीसिले सीआईएनसँग जानकारी दिनुभयो । उहाँले पुष्पमा आत्मनिर्भर बन्नकालागि सरकारले नीतिगत व्यवस्था गरेको भन्दै स्थानीय तहदेखि केन्द्रसम्म नै पुष्प व्यवसाय र खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । एशोसिएशनका अनुसार नेपालमा ४ सय ५० भन्दा बढी प्रजातिका फूलहरु उत्पादन हुँदै आएका छन् । नेपालमा फूल उत्पादन कम भएकै कारण हरेक बर्ष अर्बौको फूल किन्नु परेको छ । तर, यसबर्ष उत्साजनक रुपमा फूल उत्पादन बढेको छ । नेपालमा भारतबाट सबैभन्दा बढी डेढ अर्बको फूल आयात हुन्छ भने चिन, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका देशबाट १ अर्बको फूल आयात हुने गरेको छ ।
फूल उत्पादन बढ्दै गएपछि किसान खुशी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।