काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । अहिले बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत प्रधानमन्त्री ओली बाकुतर्फ प्रस्थान गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रेस संयोजक अधिकारीका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि बाकु जान लाग्नुभएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट नै बाकु पुगि सक्नुभएको छ । समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको क्रममा उहाँले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओली सम्मेलन सम्पन्न गरेर कात्तिक १० गते स्वदेश फर्कनुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here