मेलम्ची ।। अन्तराष्ट्रिय स्तरको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सीज (नारा) को आयोजनामा मंसिर १० देखि १२ गतेसम्म भोटेकोसी नदीमा अन्तराष्ट्रिय स्तरको यो प्रतियोगिता हुन लागेको हो । नाराले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगीहरु सहभागी गराई वार्षिक रुपमा नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा आयोजना गर्दै आईरहेको नाराका सह–कोषाध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन लिएको उदेश्य अनुरुप नेपालमा पर्यटकलाई आकर्षित गर्न नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचार, प्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ । विश्वभरिबाट साहसिक जलयात्राका लागि बढि भन्दा बढि पर्यटक नेपालमा आकर्षित गर्ने र भ्रमण बर्षमा सहभागी गराउने प्रमुख उदेश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । यो प्रतियोगितामा ३० देशका चार सय खेलाडिको सहभागिता रहनेछ ।
भोटेकोशीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज प्रतियोगिता हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।