विरगञ्ज ।। बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिरको तेश्रो साता पन्चवर्षिय गढीमाइ मेला लाग्दैछ । मेलामा बलि चढाइएपछिको राँगा र पाडाको मासु उठाउँदै आएकाहरुले यसपटक मासु नउठाउने घोषणा गरेका छन् । बलिदिएको जनावरहरुको मासु २४ घण्टामै गन्हाउन थाल्छ । एकैपटक धेरै जनावरको बलि दिईने भएकाले मासु व्यवस्थापन नै मेलाको चुनौति हुन्छ । यसअघि स्थानीय चमार समूदायले बलिपछिको मासु उठाउँदै आएको भएपनि अब नउठाउने चमार समूदायका अगुवा राजनारायण रामले बताउनुभयो । चमार जातिका अगुवाहरुको भेलाले गढीमाई मेलामा हुने पशुको काटमारमा सहभागि नहुने, बधस्थलबाट मासु नल्याउने र नखाने निर्णय गरेको छ । मेलामा बलि नदिन र फोहोर भए सरसफाइको जिम्मा पनि आफैं लिन उनीहरुले स्थानीय सरकारलाई आग्रह गरेका छन् । स्थानीय सरकारले पनि मेलालाइ व्यवस्थित गर्न, सरसफाइ र उनीहरुको माग सम्बोधनको लागि योजना बनाईरहेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव बताउनुभयो । हरेक पाँचवर्षमा एक पटक लाग्ने गढीमाइको मेलामा राँगा र पाडा गरि करिब २५ हजारको संख्यामा पशुको बलिदिने गरिन्छ, जसको चौतर्फि बिरोध हुँदै आएको छ भने कतिले बलि रोक्न माग गरेका छन् ।
Home प्रदेश समाचार मधेश प्रदेश गढीमाई मन्दीरमा चमार समूदायले बलिपछिको मासु उठाउँदै आएको भएपनि अब नउठाउने
गढीमाई मन्दीरमा चमार समूदायले बलिपछिको मासु उठाउँदै आएको भएपनि अब नउठाउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।