सिन्धुपाल्चोक ।। जुरे पहिरोमा विद्युत प्रशारण लाइनको केही टावर क्षतिग्रस्त भएको ६ महिनापछि पुनः उत्पादन सुरु हुने भएको छ । पूर्ण रुपमा बन्द भएको निजी क्षेत्रको लागानीमा उत्पादन भइरहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि उत्पादन हुने भएको हो । भोटेकोशी जलविद्युत आयोजनाले क्षतिग्रस्त आयोजनाको फास्ट ट्रयाकमा निर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोलाई दिइएको थियो । आयोजनाले अहिले करिब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिनुभयो । जुरे पहिरोमा विद्युत प्रशारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि ६ महिना विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत उत्पादन सुरु भए पनि २०७२ सालको भूकम्पमा आयोजनामा क्षति पुगेको थियो । भूकम्पमा क्षति भएको जलविद्युत आयोजना पुननिर्माण सुरु हुँदै गर्दा भोटेकोशी बाढीले आयोजनाको धैरै क्षति भएको थियो ।
Home मुख्य समाचार भोटेकोशी जलविद्युत आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा , असोज भित्रै विद्युत उत्पादन हुने
भोटेकोशी जलविद्युत आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा , असोज भित्रै विद्युत उत्पादन हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।