काठमाडाै ।। नेपाल–चीन रेलमार्गको विषयमा चर्चा सुरु भएको झन्डै ४ वर्ष भयो । नेपालमा चिनियाँ रेल आउने विषयमा दुवै देशबीच चर्चा चलिरहँदा चिनिया राष्ट्रपति सी चिनपिङले नेपालमा चिनिया रेल आउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाल चीनबीच सम्झौता पनि भएको छ । हिजो सीकै उपस्थितिमा नेपाल र चीनबीच केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भयो । यसअघि टुङगो नलागेको सम्भाव्यता अध्ययनको ३ अर्ब खर्च चीनले बेहोर्नेछ । केरुङ हुँदै काठमाडौं आउने रेलको अन्तिम बिन्दु काठमाडौंको टोखा हुनेछ । सहमतिपछि सीआईएनसँग कुराकानी गर्दै नेपाल रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले यो सहमतिपछि डिपीआर अध्ययनका लागि बाटो खुलेको बताउनुभयो । नेपाल–चीन रेलमार्गको चर्चा सुरु भएपछि नेपालमा चीनबाट रेल आउने विषयमा झन्डै ८ भन्दा बढी अध्ययनहरु भएका छन् । नेपालमा चीनबाट रेल आउने सम्भावना रहेको पूर्वाधार पूर्वाधार विज्ञ सूर्यराज आचार्यको भनाइ छ । चीन सरकारकै पञ्चवर्षीय योजनामा नेपाल चीन रेल समावेश गरिएकाले अबको ९÷१० वर्षमा चीनबाट रेल आउने विज्ञहरु बताउँछन् । झन्डै ७५ किलोमिटरको हाराहारीमा बन्ने केरुङ–काठमाडौं रेल प्रतिघण्टा झन्डै १ सय २० किलोमिटर स्पिडमा कुद्नेछ । चीनसँग नेपाल रेलमार्गमा जोडिदा नेपालको व्यापार घाटा कम गर्न, मल आयात लगायतका विषयमा लाभ हुनेछ भने दक्षिणी छिमेक भारतबाट हुने असमान व्यवहार र अवरोधका कारण पहिलेबाटै उत्तरी ढोका खोल्न चाहेको नेपालका लागि सी भ्रमणले मुलुककै समृद्धिको ढोका खुलेको सरकारको दावी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here