काठमाडाै ।। पछिल्लो ४५ वर्षमा नेपालमा ४० हजारभन्दा बढी व्यक्तिले विपद्का कारण ज्यान गुमाउनुपरेको पाइएको छ । ७५ हजार घाइते भएका गृहमन्त्रालयको तथ्याङ्कले देखाउँछ । नेपालमा हरेक वर्ष औसतमा पाँच सयभन्दा बढी विपद्का घटना हुन्छन् । करिब ३० लाख नागरिक विपद्बाट प्रभावित हुँदा पनि नियन्त्रणका लागि पर्याप्त पहल हुन सकेको छैन । नेपालमा पहाडी भागमा पहिरो र भूक्षयको जोखिम छ भने तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागी र महामारीको जोखिम हुन्छ । गृह मन्त्रालयको प्रकोप जोखिम न्यूनिकरण पोर्टलमा कार्यरत उप सचिव शम्भुप्रसाद रेग्मी नागरिकमा आवश्यक सचेतना फैलाउन नसक्दा प्रकोप नियन्त्रणको काम प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । सरकारले अहिले देशका कुन ठाउँमा कुन प्रकारको जोखिम छ, त्यो जोखिम कुन समयमा आउँछ भन्ने बारे अध्ययन गर्न लागेको छ । विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण बनाउने तयारी भएको पनि २० वर्षभयो । यस वर्ष भने सरकराले त्यो पहल सुरु गरेको छ । विपद् विज्ञ डा. गङ्गालाल तुलाधर सीईओ नियुक्तिपछि प्राधिकरणको कामले गति लिनेमा आफूहरु आशावादी रहेको बताउनुुहुन्छ । केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा देखि वडा तहसम्म विपद्सँग सम्बन्धीत् संयन्त्र बनाइएका छन् । तर ती सबै संयन्त्र प्रकोप नियन्त्रणभन्दा विपद्पछि राहत वितरणमा मात्र केन्द्रित भएका विपद् विज्ञ सुमनकुमार कर्णको भनाइ छ । जंगल फँडानी, खोला मिचेर बस्ती बसाउने, पहाडलाई जथाभावी भत्काउने, अध्ययन बिना सडकहरु खन्ने, खेतियोग्य जमिन मास्ने जस्ता कारण प्राकृतिक प्रकोप बढ्दै गएको छ । प्रकोप म्त्यिाउने गरी हुने मानवीय क्रियाकलापको नियन्त्रणमा पनि सरकार कडाइका प्रस्तुत हुन सकेको छैन ।
प्राकृतिक प्रकोपको जोखिम,नियन्त्रणको प्रयास कमजोर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।