काठमाडाै ।। चाडपर्वमा निस्कने फोहोरमैलालाई जथाभावि नफाल्न वातावरण विभागले आग्रह गरेको छ । यो समयमा अन्य समयको भन्दा बढि फोहार निस्कने भएकाले कुहिने र नकुहिने फोहोर छुट्टाएर त्यसको व्यवस्थापन गरेमा वातावरणमा पर्ने प्रभाव कम हुने विभागकोे भनाई छ । कुहिने फोहोरहरुलाई खाल्टो खनेर व्यवस्थापन गर्न सकिने र नकुहिने फोहोरलाई पुन प्रयोगको लागि बेच्न सकिने विभागका वातावरण निरिक्षक स्वति श्रेष्ठले बताउनुभयो । यो समयमा मासुजन्य फोहोरहरु बढि निस्कने भएकाले त्यसको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिनुपर्ने र अन्य फोहोर भने व्यक्ति आफैले व्यवस्थापन गर्नु आवश्यक रहेको श्रेष्ठले सीआईएनसँग बताउनुभयो । घरमा भएका बाल्टिन, ड्रम लगाएतका भाडाहरुमा कुहिने र नकुहिने फोहोर छट्याएर राख्ने र त्यस्को व्यवस्थापन राम्रोसँग गर्ने हो भने वरिवरिको वातावरण स्वास्च्छ हुन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here