।। आप्रवासी कामदारहरुले भोगिरहेको समस्या समाधानको लागि मानव अधिकार आयोगले विशेष पहल गर्ने भएको छ । आप्रवासी कामदारहरुले गन्तव्य मुलुकमा जाँदा त्यहाँको भर्ना प्रक्रिया, गन्तव्य देशको कानुन, शोषणमा परिरहेको भन्दै आयोगले विषेश पहल गर्ने भएको हो । गन्तव्य मूलुकमा जाँदा बनाईने श्रम सम्झौता पारदर्शी हुनुपर्ने, सिप सिकेका कामदारलाई मात्र श्रम बजारमा पठाउँने लगायतका कुरामा आयोगले अनुगमन नै गर्ने आयोगका सदस्य सुदिप पाठकले सीआईएनलाई बताउनुभयो । आयोगले यसअघि आप्रवासी कामदारहरुकै मानव अधिकार रक्षा कसरी गर्ने भन्ने सम्बन्धमा आगामी कात्तिक २६ गतेदेखि २८ गते सम्म अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दैछ । आप्रवासी कामदारहरुले भोगिरहेको समस्या समाधानमा अन्तर्राष्ट्रिय मानव अधिकार आयोगहरुले खेल्ने भूमिकाको विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।