काठमाडाै ।। सरकारले ‘एक घर एक धारा’ कार्यक्रम सुरु गर्ने भएको छ । खुला दिसामुक्त राष्ट्र घोषणा कार्यान्वयनको बिषयलाइ अभियानकै रुपमा अगाडी बढाउने र पूर्ण सरसफाईका लागि एक घर एक धाराको कार्यक्रम सुरु गर्ने खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री बिना मगरले खुल्ला दिसामुक्त राष्ट्रको अभियान र पूर्ण सरसफाइको बिषयलाइ सरकारले निरन्तर अभियानको रुपमा चलाउने बताउनुभयो । गएको असोज १३ गते नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला मुक्त राष्ट्र घोषणा भएको थियो । सरकारको दाबी अनुसार देशका ५६ लाख ६० हजार दुइ सय १४ घरधुरीमा शौचालय बनिसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।