विश्व।। यस वर्षको भौतिक विज्ञान तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा ३ जना वैज्ञानिकलाई दिइने भएको छ । ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई सन् २०१९ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कारले सम्मानित गरिने भएको छ ।
ब्रह्माण्डका विषयमा महत्वपूर्ण तथ्य पत्ता लगाउने क्यानडेली–अमेरिकी जेम्स् पिबल्ससँगै स्वीट्जरल्याण्डका माइकल मेयर र डिडे क्वेलोलाई नोबेल पुरस्कार विजेता भएको घोषणा गरिएको हो । उहाँहरूलाई ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा त्यो पुरस्कार दिने घोषणा गरिएको हो । तीन विजेताहरूले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० करोड नेपाली रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।