तेह्रथुम ।। लालीगुराँस नगरपालिका १ भुल्केबाट बालिकालाई चोरी गरेर लैजादै गर्दा एक भारतीय नागरिकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । भारतको दार्जिलिङ जिल्ला पानीट्याङकी कोलाबारीका २८ वर्षका विश्वनाथ मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । मण्डलले घरमा कोही नभएको बेला ६ वर्षका छोरी रोषनी गुरुङलाई चोरी गरेर लैजादै गर्दा लालीगुराँस नगरपालिका १ डोप्कीले क्षेत्रबाट हिजो नियन्त्रणमा लिइएको वडा नम्बर १ का वडा सदस्य महेन्द्र गुरुङले बताउनुभयो । मण्डल विगत दुई वर्षदेखि वसन्तपुर बजारमा कार्पेन्टरको काम गर्दै आएको प्रहरीले जनाएको छ । मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक आशाराम चौधरीले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here