काठमाडौं ।। ७७ वटै जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपछि यही असोज १३ गते नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरियो । खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएसँगै आधारभूत सरसरफाइको अवस्थामा रहेको नेपाल अब पूर्ण सरसफाइको अभियानमा जुटेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आधारभूत सरसफाइमा जस्तै पूर्ण सरसफाइको नेतृत्व पनि स्थानीय सरकारहरुले गर्नेछन् । हरेक स्थानीय तहले पूर्ण सरसफाइको योजना बनाउनेछन् । चर्पी बनेर मात्रै सरसफाइको अभियान पूरा नहुने भएकाले सबैभन्दा पहिला शौचालयहरुको दिगोपनका लागि कार्यक्रमहरु तय गरिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । जहाँ पानीको सुविधा छैन त्यहाँ खानेपानी पु¥याउन, प्राथमिकता दिइनेछ । खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर चोकप्रसाद धितालका अनुसार १४ गतेदेखि नै पूर्ण सरसफाइका कार्यक्रम तथा आवश्यक छलफल सुरु भइसकेको छ । पूर्ण सरसफाइ अन्तरगत ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइ लगायतका विषय पर्दछन् । आधारभूत सरसफाइकै क्रममा देखिएका कमी कमजोरीकमा नागरिकले प्रश्न उठाइरहेका छन् । त्यसको जवाफ कामबाटै दिनेगरि तयारी भईरहेको, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार विभागमा कार्यरत सिनियर डिभिज्नल इन्जिनियर महेश्वर घिमिरे बताउनुहन्छ । दिगो विकास लक्ष्यको बुँदा नम्बर ६ मा सन् २०३० सम्म सबैको निम्ति खानेपानी र सरसफाइको उपलब्धता साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने भनिएको छ । तर अहिलेको काम र तयारीले पूर्ण सरसफाइको अभियान सफल हुन गाह्रो रहेको र यसलाई सफल बनाउन सबै पक्ष, दल र सरकारहरु एकजुट भएर लाग्नुपर्ने सरसफाइ अभियन्ता नमस्तेलाल श्रेष्ठको भनाइ छ । नेपालमा हरेक कुरामा नकारात्मक टिप्पणी गर्ने परिपाटी भएको भन्दै श्रेष्ठले देखिएका कमी कमजोरीलाई सुधार गर्दै पूर्ण सरसफाइको अभियान चलाउनुपर्ने बताउनुभयो । सरसफाई र स्वच्छताका लागि चलिरहेको अभियानमा सक्रिय सहभागिता र सहयोगका लागि सरकारले सबै नागरिकलाई अपिल समेत गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here