चितवन ।। चितवनमा स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा साउनयता उपचार गराउन पुगेकामध्ये दुई जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको जिल्ला अस्पताल चितवनले जनाएको हो । एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका रहेका छन् । स्क्रब टाइफसको जोखिम तराई क्षेत्रमा कायमै रहेकाले सचेत रहन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.बासुदेव पाण्डेय आग्रह गर्नुभयो । स्क्रब टाइफसका कारण अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here