सिन्धुली ।। सिन्धुलीमा बस्तीमा खस्न लागेको ठुलो ढुंगा सेनाले फुटाउन सुरु गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बसेरी गणेशथानको बस्ती माथि जंगलमा रहेको ठुलो ढुंगा बर्षाका कारण बस्तीमा झर्ने जोखिम बढेपछि सेना लगाएर फुटाउन सुरु गरिएको छ । सुनकोशी गाउँपालिका र ३ नंं.प्रदेश सरकारको पहलमा बर्द बहादुर गण सिन्धुलीले बम पड्काएर ढुंगा फुटाउन थालेको हो । बर्द बहादुर गण सिन्धुलीका क्याप्टेन सन्तोष पाण्डेको नेतृत्वमा खटिएको ३५ जना नेपाली सेनाको टोलीले हिजोदेखि ढुंगा खोप्ने काम सुरु गरेको स्थानीय दुधराज पुलामी मगरले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिका–१ बसेरी गणेशथानमा २२ घरधुरी रहेका छन् । बस्ती माथी रहेको ठुलो ढुंगा बर्षाका कारण झर्ने जोखिम बढेपछि स्थानीय त्रासित भएका थिए । ढुंगाा धेरै ठुलो भएकाले फुटाउन करिव ४÷५ दिन लाग्ने क्याप्टेन पाण्डेले बताउनुभयो ।
बर्षाका कारण बस्तीमा खस्न लागेको ढुंगा सेनाले फुटाउन सुरु गर्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।