ओखलढुंगा ।। ओखलढुंगाका कैदी बन्दीलाई सांसद यज्ञराज सुनुवारले खसी उपहार दिनुभएको छ । दशैको अवसर पारेर सांसद सुनुवारले हिजो जिल्ला कारागारमा कैद भूक्तान गरिरहेका कैदी बन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो । विभिन्न घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही भोगिरहेता पनि मानविय संवेदनालाई ख्याल गरेर पर्वको समयमा सम्झिएको सांसद सुनुवारले बताउनुभयो । संविधान सभाको निर्वाचनमा निर्वाचित भएयता सांसद सुनुवारले विगत ४ वर्षदेखि दशैंको समयमा कैदी बन्दिलाई खसी उपहार दिदै आउनु भएको छ । यसैबीच, सिद्धिचरण नगरपालिकाले कैदी बन्दिलाई दशैं खर्च स्वरुप ३० हजार सहयोग गर्ने भएको छ । जिल्ला कारागारमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले नगद तीस हजार दिने घोषणा गर्नुभएको हो । जिल्ला कारागार ओखलढुंगामा २० बन्दि र ३५ कैदी गरि ५५ पुरुष र ७ जना कैदी महिला छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here