मेलम्ची, सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोकमा सर्वाधिक पुरास्कार राशी भएको पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले उचालेको छ । हिजो भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि आफ्नो पोल्टामा पारेको हो । फाइनल खेलमा मेलम्चीले चौतारालाई २५–२०, २५–१७ र २५–१३ को सेटमा हराएको थियो । प्रतियोगितामा प्रथम भएको मेलम्चीलाई एक लाख एघार हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । त्यस्तै दोस्रो भएको चौतारा साँगाचोकगढी नगरपालिकाले ५५ हजार पाँच सय ५५ रुपैयाँ जितेको छ । कालिकादेवी मावि कुविण्डेको आयोजनामा भएको स्थानीय तह स्तरीय कालिकादेवी संस्थापक स्मृति कप २०७६ मा इन्द्रावती गाउँपालिकाले तेस्रो स्थान हात पारेको थियो । इन्द्रावतीले हेलम्बु गाउँपालिकालाई पराजित गर्दै तेस्रो भएको हो । इन्द्रावतीलाई २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरिएको छ । विजयीहरुलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी मेलम्ची नगरपालिकाका रमेश भट्टराई घोषित हुनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here