।। सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई स्थानीय तहबाटै आर्थिक सहायता दिने भएको छ । वैदेशिक रोजगार बोर्डले आज एक सूचना जारी गर्दै आर्थिक सहायताका लागि स्थानीय तहमार्फत निवेदन दिन सकिने व्यवस्था गरेको जनाएको हो । आर्थिक सहायताका लागि सात प्रकारका प्रमाणित कागजात आवश्यक पर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआईएनसँग बताउनुभयो । मृतकका हकवालाको बैंक खाता बोर्डमा प्राप्त भएपछि उक्त खातामा रकम जम्मा गरिदिने व्यवस्था गरिएको छ । त्यसैगरि स्थानीय तहको रोहवरमा रकम मृतक परिवारलाई प्रदान गरिने व्यवस्था छ । कागजात सम्बन्धित नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सिफारिस भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।