जनकपुर ।। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेका छन् । विपक्षमा ३४ मत परेको छ ।
यससँगै सिंहले विश्वासको मत पाएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।
जनता समाजवादी पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल संघिय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गरेका थिए । केन्द्र नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि सिंहले विश्वासको मत लिएका हुन् । उनले शनिबार मात्रै ६ जना मन्त्रीलाई बर्खास्त गरेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।