वीरगञ्ज – एक केजी चार सय ग्राम चाँदीसहित रौतहटबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका–१ दिपही टोल बस्ने दिनेश प्रसाद साह छन् ।
गौर नगरपालिका–१ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अटोलाई चेकजाँचको क्रममा साहलाई पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट चान्दीको सिक्रि ९ पिस, पेच रिंग २ पिस र पाउजु ७ जोड गरि एक केजी चार सय ग्राम चाँदी बरामद गरिएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको उनले बताईन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।