काठमाडाैं ।। माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने सूचना जारी गरेको थियो ।
आजको निर्णयसँगै अब साउन २३ गतेदेखि पूरक परीक्षा हुने भएको छ ।
गत बिहीबार सार्वजनिक भएको एसईईको नतिजामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको एनजी अर्थात नन ग्रेड​ आएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here