वीरगञ्ज ।। वीरगञ्जमा रहेको प्रसिद्ध गहवामाई मन्दिरको १२ औँ वार्षिकोत्सवको अवसरमा विशाल रथ यात्रा निकालिएको थियो । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले एक विशेष कार्यक्रममा गहवामाईको मन्दिर परिसरमा पूजा गरेर रथयात्राको शुभारम्भ गर्नुभएको थियो ।
शोभा यात्रा तथा रथयात्रामा सहभागी हजारौँ सहभागी भक्त जनहरूले नगरको विभिन्न भागको परिक्रमा गरेर मन्दिर परिसरमा आएर रथयात्रा सम्पन्न भएको थियो । गहवामाई मन्दिरको प्राङ्गणबाट आइतवार बिहान प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो । रथयात्रामा सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम पोखरेलले गाउँ–गाउँबाट भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको जानकारी दिए । वीरगञ्ज महानगर प्रमुख सिंहले यो रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरे । भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आइतवार वीरगञ्ज महानगरअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको थियो । महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो । आइतवार र सोमवार वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछा–मासु सेवन तथा विक्रि–वितरणमा पनि रोक लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here