रौतहट । जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सोमवार आर्थिक वर्ष २०७५र०७६ को वार्षिक समीक्षा कार्यक्रम गौर स्थित जिल्ला समन्वय समितिको सभा हलमा संपन्न भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जिल्ला सभाको काम कर्तव्य र अधिकार बारे गरिएको कÞानूनी व्यवस्था विपरीत आयोजना गरिएको कार्यक्रममा सहभागी भएका स्थानीय तहका नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुले नगरपालिकाको कामकाज थप हुने गरी कार्यक्रम आयोजना गरिएको प्रति असन्तुति जनाएका छन ।
कानूनमा भएको व्यवस्था अनुसार संघीय सांसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसदलाइ आमंत्रण गरी जिल्लाको विकास बारे सुझाव लिनु पर्नेमा कुनै संघीय सांसद र प्रदेश सांसदलाइ नबोलाई नगरपालिकाका जिम्मेवार तीन प्रतिनिधिलाइ काम काज थप हुने गरी सहभागी गराइएको प्रति स्थानीय तहका प्रमुखहरुले असन्तुस्टि जनाएका हुन ।
स्थानीय सरकार सञ्चालन येन २०७४ को परिच्छेद १२ को दफा ९२ को उपदफा ञ मा जिल्ला भित्रको विकास तथा निर्माणलाइ प्रभावकारी बनाउनका लागि वर्षको कम्तिमा एक पटक वार्षिक समीक्षाको आयोजना गरी सो जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसदलाइ आमंत्रण गरी सुझाव लिने स्पस्ट भनिएको भए पनि समन्वय समितिले कानूनले भनेको व्यक्तिलाइ सहभागी नगराई पदेन सदस्य भएका पालिका प्रमुखलाइ सहभागी गराएर वार्षिक समीक्षा कार्यक्रम संपन्न गरेको हो । जेष्ठ महीना सम्ममा गर्नु पर्ने कार्यक्रम अहिले आएर गर्दा यसको कुनै औचित्य नभएको सहभागीहरुले टिपण्णी गरेका छन ।
कार्यक्रममा सहभागी भएका कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहाले जिल्ला समन्वय समितिले प्रतिबेदन लिने गरेको कार्य कानून समत नरहेको प्रतिक्रिया दिएका छन ।
वहाले १८ स्थानीय तहको बध्यातमक अवस्था सृजना गरेर खर्च गरेको विबरण तथा कार्यको प्रगति पेश गर्न लगाएकोमा स्थानीय सरकार सञ्चालन ऐनको मर्म विपरीत भएको लगाएको बैनर बाट परास्त भइरहेको बताए । बैनर जिल्लाको समीक्षाको इंकित गरे पनि नगरपालिकाको समीक्षा गरिएको कुशवाहाले बताए । जिल्ला समन्वय समितिले पत्राचार गरी १८ स्थानीय तहका नगर प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाइ बोलाएर कार्यक्रममा सहभागी गराएका थिए ।
राम एकवाल राय यादवको सभापतित्वमा भएको कार्यक्रममा गौर नगरपालिका ,ईशनाथ नगरपालिका , राजपुर नगरपालिका , बौधिमाई नगरपालिका ,परोहा नगरपालिका ,मौलापुर नगरपालिका , फतुआ विजयपुर नगरपालिका , गरुडा नगरपालिका , चन्द्रपुर नगरपालिका , यमुनामाई गाउँपालिकाले गएको आर्थिक वर्षमा सञ्चालन गरेको कार्यको बारेमा प्रगति विबरण प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा बृन्दावन नगरपालिका , राजदेवी नगरपालिका , माधव नारायण नगरपालिका , गुजरा नगरपालिका ,दुर्गाभगवती गाउपालिकाले आफ्नो प्रगति प्रतिवेदन पेश गरेका छैन । पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले प्रयाप्त कर्मचारीको व्यवस्था , निर्वा्चित जनप्रतिनिधि विचको मतभिन्ताको कारण कामकाज गर्न कठिनाई भइरहेको गुनासो पोखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष राम आसीस राय यादव , समितिका बोर्ड सदस्य स्थानीय तहका नगर प्रमुख ,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
वार्षिक समीक्षा कार्यक्रम प्रति स्थानीय तह प्रमुखहरु असंतुस्ट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।