काठमाडौं । इन्टरनेसनल सिमेंट्स प्रा. लि. ले भक्तपुरको डिलर्सहरुको लागि गएको शुक्रबार पुनर्ताजगी कार्यक्रम तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । इन्टरनेसनल सिमेंट्स प्रा.लि.ले उत्पादन गरेको ओम सिमेन्ट छोटो अवधीमा उच्च गुणस्तरको सिमेन्ट बजारमा ल्याएर आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल भएको हो ।
डिलर्सहरुको लागि आयोजित पुनर्ताजगी कार्यक्रममा इन्टरनेसनल सिमेंट्स प्रा.लि.का ब्रान्ड एम्बेसेडर नेपाली चलचित्रका महानायक राजेश हमालको उपस्थित डिलर्सहरुको संचलाकहरुलाई सम्मान गरिएको हो ।
भक्तपुरको ग्रीनल्याण्ड होटेलमा आयोजित डिलर्स रिफ्रेसमेंट कार्यक्रममा इन्टरनेसनल सिमेंट्स प्रा.लि.का प्रबन्ध निर्देशक दिपक अग्रवालले ओम सिमेन्टको बजार हिस्सा बिस्तारमा सहयोग गर्ने बिक्रेताहरुलाइ धन्यबाद दिदै कम्पनि सधै ग्राहक र बिक्रेताको सन्तुष्टी तथा आफ्नो सिमेन्टको उच्च गुणस्तर प्रति प्रतिबद्ध रहेको बताए । कम्पनिका ब्रान्ड एम्बेसेडर राजेश हमालले बजारमा विभिन्न ब्रान्डको सिमेन्ट आईरहेकोमा ओम सिमेन्टले जस्तै सबै कम्पनिले सिमेन्टको गुणस्तरमा ध्यान दिनु पर्ने कुरा उल्लेख गर्दै ओम सिमेन्टले कम समयमा उच्च गुणस्तरको कारण आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल भएकोले आफु ओम सिमेन्टको ब्रान्ड एम्बेसेडर भएकोमा खुशी ब्यक्त गर्नु भयो ।
कम्पनिका निर्देशक राजन झाले धन्यबाद ज्ञापन गर्दै छोटो समयमा ओम सिमेन्ट प्रति ग्राहक तथा बिक्रेताले देखाउनु भएको विश्वाशलाई आगामी दिनमा अझ बढी मजबूत तथा विश्वशनिय बनाउने प्रतिबद्धता ब्यक्त गर्दै कम्पनिले बजार विस्तारमा समेत ध्यान केन्द्रित गर्ने स्पष्ट पार्नु भयो । उच्च गुणस्त्तर भएकै कारण ओम सिमेन्ट रौतहटवासीको समेत चाहना भएको निर्देशक झाले बताए । विश्वशनियता र गुणस्त्ततरमा कुनै किसिमको सम्झौता न हुने भएकोले ढुक्क भएर ओम सिमेन्टको प्रयोग गर्न ग्राहक वर्गमा अह्वान समेत गर्नु भयो ।
इन्टरनेसनल सिमेंट्स प्रा.लि. समुह कै अर्को कम्पनि जोन्सन इन्टरनेसनलको बाथवेयर प्रोडक्टको पनि उक्त कार्यक्रममा प्रदर्शन गरिएको थियो । नेपालको आइ एस ओ ९००१ः२०१५ प्रमाणित एक मात्र अन्तरराष्ट्रिय गुणस्तरको बाथवेयर प्रोडक्ट उत्पादन गर्ने जोन्सन इन्टरनेसनल कि ब्रान्ड एम्बेसेडर चर्चित नायिका केकी अधिकारीले अन्तरराष्ट्रिय गुणस्तरको बाथवेयर प्रोडक्ट उत्पादन गर्ने जोन्सन इन्टरनेसनल कि ब्रान्ड एम्बेसेडर हुनु गर्वको कुरा भएको उल्लेख गर्दै यस्ता किसिमका उत्पादनले आयातलाइ निरुत्साहित गर्दै राष्ट्रको ब्यापार घाटा पनि कम गर्ने उल्लेख गर्नु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here