वीरगञ्ज ।। वीरगन्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध हिन्दुबादी संघसंगठनले विरोध प्रदर्शन गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन गर्न वीरगन्ज आएका गृहमन्त्री श्रेष्ठविरुद्ध आइतबार बिहान हिन्दू स्वय‌ंसेवक संघका युवाहरुले नाराबाजी गरेका थिए ।
धरानमा गौ हत्या गर्नेलाई कारबाही गर्न ढिलाइ गरेको भन्दै वीरगञ्जका हिन्दुवादी संघसंगठन तथा युवाहरूले सरकार र गृहमन्त्री श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । गृहमन्त्री श्रेष्ठविरुद्ध युवाहरूले “गौहत्या गर्नेहरूलाई फाँसी दे”, “गृहमन्त्री मुर्दावाद”, “गृहमन्त्री राजीनामा दे” लगायत नाराहरू लगाएर विरोध प्रदर्शन गरेका थिए । गृहमन्त्री कार्यक्रम स्थल पुग्न साथ उनीहरूले नाराबाजी गरेको थियो ।
नाराबाजी गर्ने ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दू स्वयंसेवक संघले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here