काठमाडौं ।। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि सोमबार पाकिस्तान प्रस्थान गरेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए । विगत एक वर्षदेखि बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीप फाइनल पेशीका कारण राष्ट्रिय टिमसँग पाकिस्तान जान पाएका थिएनन् ।
उनलाई सोमबार पाकिस्तान उडाउने क्रममा राखेपका सदस्यसचिवसहित उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगका थिए । सन्दीप आज ११:२० को कतार एयरवेजको फ्लाइटमार्फत् पाकिस्तान प्रस्थान गर्नेछन्। उनी दोहा हुँदै पाकिस्तान पुग्ने कार्यतालिका रहेको छ ।
नेपालले एसिया कपको पहिलो खेलमा बुधबार आयोजक पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गर्दैछ। त्यसपछि श्रीलंकामा भारतसँग खेल्ने कार्यतालिका रहेको छ ।
सन्दीपमाथि अन्तिम सुनुवाइ हुनेगरी आइतबार तोकिएको पेशी हेर्न नभ्याइएका कारण भदौ २१ लाई सरेपछि पाकिस्तान जाने बाटाे खुलेकाे हाे ।
एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।