राँची ।। चेक बाउन्स, ठगी र धम्कीको मुद्दामा अभिनेत्री अमीषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्।
अप्रिल महिनामा भएको सुनुवाइका क्रममा उनलाई अदालतमा उपस्थित हुन भनिएको थियो तर उनी हाजिर भएकी थिइनन् । त्यसपछि राँची सिभिल कोर्टबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध सन् २०१८ मा मुद्दा दायर गरेका थिए । सिंहले अमिषा पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका छन् ।
राँचीका सिंहले १७ नोभेम्बर २०१८ मा राँची सिजेएम अदालतमा यो मुद्दा दायर गरेका थिए । अमीषालाई अदालतले १०–१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












