रौतहट ।। राैतहटमा करेन्ट लागेर दुइ जनाकाे ज्यान गएकाे छ । बौधिमाई ५ कोपवा गाउँका २ जना युवकलाइ गएराती मोटर बाट करेन्ट लागेर ज्यान गएको छ। मृत्यु हुनेमा अमर साहको छोरा वर्ष २५ को अरुण साह र भिखारी पण्डितका छोरा वर्ष २६ को सिताबी पण्डित रहेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।
शुक्रवार राती साढे ८ बजे घरको आँगनमा रहेकाे ट्युवेल धारामा विद्युत मोटर सञ्चालन गर्ने क्रममा अचानक साहलाई विद्युत प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेको साहलाई संगै रहेका साथी पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवैजना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवैजना लाई उपचारको लागि प्रादेशिक अस्पाताल गौर लैजाँदा डाक्टरले दुवैजना लाई मृत घोषणा गरेको डिएसपि यादवले जानकारी दिएका छन। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here