राैतहट ।। मध्य तराईका जिल्लामा केही दिनदेखि अधिकतम तथा न्यूनतम तापक्रममा क्रमिक वृद्धि भइरहेको हुँदा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। विभागका अनुसार मध्य तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ।
अझै केही दिन तापपक्रम बढ्ने विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए। “आगामी केही दिनसम्म तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम विस्तारै बढ्दै जाने देखिएको छ,” मौसमविद् अधिकारीले भने, “मनसुनको आगमनको लागि अझ केही दिन लाग्ने देखिएकाले गर्मी एक–दुई दिन अझै बढ्ने अनुमान छ।”
तापमान वृद्धि भइरहँदा तराईमा अझै चार दिन तातो हावा तथा लू (हिट वेभ) चल्ने सम्भावना देखिएको विभागले जनाएको छ। तराईमा तापक्रम वृद्धिको क्रम जारी रहेकाले सतर्क रहनुपर्ने देखिएको मौसमविद् अधिकारीको भनाइ छ।
“मध्य तराईका विभिन्न क्षेत्रमा उच्चतम बिन्दुमा एक–दुई डिग्रीको फरक देखिए पनि औसतमा तापक्रम ४० डिग्रीको हाराहारीमा रहेको देखिन्छ,” अधिकारीले भने।
तराईमा तापक्रम वृद्धिको क्रम जारी,सावधानी अपनाउन मौसमविद्काे अनुराेध
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












