सांकेतिक तस्विर

सर्लाही ।। सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप हुँदा ५ राउन्ड गोली प्रहार गरिएको छ । जिल्लाको धनकौल गाउँपालिका–७ मा गाउँकै स्थानीय एक व्यक्तिले भन्सार तस्करी गरेर ल्याइएका अवैध खाद्यको विषयमा प्रहरी र गाउँलेहरूबीच बिहीबार दिउँसो झडप हुँदा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको हो ।
तस्करी गरेर ल्याएको लाखौँ मूल्य बराबरको खाद्य घरमा लुकाएर राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटेको टोलीले नियन्त्रणमा लिन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारूले जानकारी दिए । लाखौँको खाद्य ढुवानी गरेर घरमा लुकाएको विषयबारे प्रहरीले जानकारी पाएपछि नियन्त्रणमा लिन खोज्दा गाउँलेहरूले प्रतिकार गरेको डिएसपी थारूले बताए । उनले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गर्नुपरेको बताए ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको र लुकाएर राखिएका खाद्य नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here