काठमाडौँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । रूपन्देहीको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गरेका हुन् । केबलकार सञ्चालनको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ ।
एक गोन्डुलामा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ । आइएमई समूहको यो तेस्रो केबलकार हो । यसअघि चन्द्रागिरी र नवलपुरको मौलाकालिकामा केबलकार सञ्चालनमा आइसकेका छन् ।
केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको जनाइएको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here