विराटनगर ।। लुम्बिनी प्रदेश सभाको चौँथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिनुहुनेछ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here