काठमाडाैं ।। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । सभामुख पदमा मनोनयन दर्ताका लागि हिजो दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्मसमयमा दिइएको थियो । जसमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका सांसद देवराज घिमिरे सत्ता साझेदार दलहरूको समर्थनमा उम्मेद्वार बन्नुभएको छ । नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।घिमिरे र न्यौपानै बीच सभामुखका लागि आज प्रतिस्पर्धा हुनेछ।एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन् । सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ। यस्तै गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सामेल नभएका काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपाने सभामुखको उम्मेदवार बन्नुभएको छ । उहाँलाई जसपा र लोसपाले पनि साथ दिने सम्भावना छ। प्रतिनिधि सभामा काँग्रेसका ८९ सांसद भए पनि ८८ जनाले मात्रै मतदान गर्न पाउँछन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् । जसपाले समर्थनमा गरेका उसका १२ जना सांसद छन् । त्यस्तै लोसपाको ४ जना सांसद छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि एक सय ३८ जना सांसदको समर्थन चाहिन्छ।
सभामुख चयनका लागि मतदान हुँदै, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।