काठमाडाैं ।। नाइजेरियामा फेबु्रअरीमा हुने राष्ट्रपति निर्वाचनका लागि झण्डै एक करोड नयाँ मतदाता दर्ता भएका छन् । फेब्रुअरी २५ मा हुने मतदानका लागि दर्ता भएका मतदाता मध्ये ८४ प्रतिशत ३४ वर्ष मुनिका छन् । तर नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले भने ती नयाँ दर्ता भएका मध्ये करिब ११ लाख मतदाता अवैध भएको दाबी गरेको छ। नाइजेरियामा अहिले मतदाता परिचयपत्र लिनेहरूको घुँइचो लागिरहेको छ । यस पटकको निर्वाचनमा राष्ट्रपति मुहम्मदु बुहारीलाई प्रतिस्थापन गर्न तीन मुख्य उम्मेद्वारहरू प्रतिस्पर्धामा छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।