जनकपुर ।। मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार बिहान मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई शपथ गराए । उपसभामुख ईशरले हिन्दी भाषामा शपथ लिएकी थिइन् ।
शपथग्रहण समारोहमा मधेसका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरूलगायत अधिकारी उपस्थित थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












