एजेन्सी ।। युक्रेनको एक रेल स्टेशनमा भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा रुसी सेनाले गरेको आक्रमणमा २२ जनाको मृत्यु भएको हो । अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभयो । उहाँले रुसी सेनाले ३ हजार ५ सय नागरिकले शरण लिएको ठाउँमा गरेको आक्रमणको जवाफ दिने चेतावनी दिनुभयो । युक्रेन सोभियत सङ्घबाट स्वतन्त्र भएको ३१ हिजो वर्ष पूरा भएको छ । स्वतन्त्रता दिवस मनाइरहँदा रुसी सेनाले गरेको आक्रमणलाई संयुक्त राष्टङ्घले निन्दा गरेको छ । यसैबीच, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन युक्रेन भ्रमणमा हुनुहुन्छ । स्वतन्त्रता दिवसको अवसर पारेर उहाँ हिजो युक्रेन पुग्नुभएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।