यितेन्द्र शर्मा ।। बंग्लादेशका अर्थमन्त्री मुस्तफा कमालले विकासशिल देशहरुलाई चीनको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) मार्फत चिनिया ऋणको जालोमा नफस्न चेतावनी दएका छन् । सस्तो दरमा चिनिया ऋण लिनु भन्दा पूर्व ऋणको आवश्यकता महसुस गरेका देशहरुले कम्तिमा पनि दुई पटक सोच्नु पर्ने सुझाव दिएका छन् ।
फाइनेन्सियल टाइम्सलाई दिईएको एक अन्तर्वातामा उनले श्रीलंकाको उदाहरण दिदै विकासशील देशहरुलाई चिनिया ऋणको जालोमा नफस्न सुझाव दिएका छन् । उनले बेईजिंगलाई पनि ऋण दिने प्रकृयालाई बलियो बनाउन सुझाव दिदै अहिलेको ऋण प्रदान गर्ने खराब किसिमको शैलीले ऋण ग्रस्त उदाउदो बजार माथि दबाब नै बनाउने छ, भन्नुभयो ।
जति पनि आवश्यक परियोजनाहरु छ र प्रकृयामा छन्, तिनको हामी छिटै भुक्तान गर्नेछौं साथै अन्य परियोजनाहरुको निम्ति ध्यान दिने काम पनि भएको छ ।
चीनसित विभिन्न किसिमका सहयोग एवं सहायता लिएको भए पनि बंग्लादेशले आफुलाई चीनको पिछलगु बन्न दिएन । यसको सबैभन्दा ठुलो उदाहरण त यो रहयो कि चिनिया विदेशमन्त्री वाङ यीले अगस्तको पहिलो सातामा ढाका आउने आफनो इच्छा व्यक्त गरेका थिए तर बंग्लादेशका विदेशमन्त्री एके अब्दुल्लाह मोमेनले प्रष्ट रुपमा भनेका थिए यस दौरान उनी न्युयोर्क र क्याम्बोडियाको भ्रमणमा रहने भएकाले आफनो निर्धारित कार्यक्रममा हेरफेर हुन नसक्ने भन्दै बरु उल्टै चिनिया विदेशमन्त्रीलाई नै आफनो यात्रालाई पूननिर्धारण गर्न आग्रह गरे चिनिया विदेशमन्त्रीलाई उनले दिएको ठाडो जवाफको चारैतिर प्रशंसा भई रहेको छ । हुनपनि चिनिया ऋणका कारण श्रीलंका दिवालीया भई सकेको छ भने पाकिस्तान पनि सोही दिशामा अग्रसर छ ।
चिनिया ऋणको जालोमा नफस्न बंग्लादेशको चेतावनी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।