काठमाडाैं ।। आगामी प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा ८७ वटा राजनीतिक दल दर्ता भएका छन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै समूहमा सहभागी हुने दलको सङ्ख्या ४ रहको छ । त्यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ७०, मधेसमा ७५, बागमतीमा ७२ र गण्डकीमा ६६ दल सहभागी हुने भएका छन् । यसैगरी लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४÷६४ दल सहभागी हुने आयोगले जनाएको छ । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या ४÷४ वटा रहेका छन् । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव आगामी मङ्सिर ४ गते गर्ने तय गरिसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।