काठमाडाैं ।। सरकारले साताको दुई दिन बिदा दिने निर्णय आजबाट कार्यान्वयनमा आएको छ । मन्त्रीपरिषको बैठकले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । जस अनुसार आजबाट लागू हुने गरी सबै कार्यालयहरूमा बिदा दिइएको छ । बढ्दो इन्धनको मूल्य र महँगीलाई ध्यानमा राखी सरकारले साताको शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार आजबाट अस्पतालको ओपिडी लगायत सबै सेवा बन्द रहनेछन् । यस्तै निर्धारण गरिएका दसैँ र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने पनि सरकारले निर्देशन दिएको छ । यस्तै सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here