मकवानपुर ।। मकवानपुरमा बसले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराति हेटौँडा उपमहानगरपालिका–१९, वस्तीपुरमा देउसी खेल्न हिँडेको ७ जनाको समूहलाई बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट घाइते भएका स्थानीय २० वर्षका सु्जन विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर सिंहको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको हो । घाइते भएका पाँच जनाको चुरेहिल अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here