काठमाडौँ ।। काठमाडौँको शङ्खमुलमा एउटा गाई फार्म र फोटो फ्रेम कारखानामा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान गाईलाई कुँडो पकाउने क्रममा फार्मबाट सल्किएको आगो नजिकैको फोटो फ्रेम बनाउने कारखानासम्म फैलिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट कारखानाको १० लाखभन्दा बढी र गाई फार्मको दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । म्याग्दीका प्रेम केसीको गाई फार्म र सिन्धुपाल्चोकको विश्व गुरुङको फोटो बनाउने कारखानामा आगो लागेको प्रहरीले जानकारी दिएको छ । बिहान सवा ५ बजेतिर लागेको आगो अहिले निभाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here