काठमाडाैं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकोे १० औँ महाधिवेशनका लागि अध्यक्षसहित पदाधिकारीका सबैजसो पदमा आकाङ्क्षीहरू धेरै देखिएका छैनन् । चितवनको नारायणी किनारमा हुन लागेको महाधिवेशनमा अन्य विषयहरूको तयारी सकिँदै गएको नेताहरूले बताएका छन् । तर एमालेका नेताकार्यकर्ताले आगामी महाधिवेशनबाट कस्तो नेता नेतृत्वमा आउनुपर्छ भन्ने बारेमा भने खासै चर्चा गरेको पाइँदैन । अध्यक्ष केपी शर्मा ओली फेरि पनि अध्यक्षमा दोहोरिने सम्भावना रहेको पनि एमालेका कतिपय नेताहरूले बताएका छन् । अध्यक्षमा विष्णु पौडेल, इश्वर पोखरेल, भीम रावल लगाएतका केही नेताहरूको चाहनो भए पनि यी नेताहरू तत्काल अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छैनन् । जसका कारण अध्यक्षमा नेता ओली र अन्य पदाधिकारीमा पनि हाल कायम रहेका नेताहरूलाई नै सर्वसम्मत बनाउने छलफल भइरहेको छ ।एमाले उपाध्यक्ष युवराज ज्ञवालीले महाधिवेशनको हलमा प्रवेश गरेपछि नेतृत्वको बारेमा छलफल हुने बताउनुभयो । यसअघि पार्टी नफुट्दै माधवकुमार नेपाल अध्यक्षको प्रतिस्पर्धीको रुपमा उत्रिए पनि पार्टी फुटेसँगै एमालेमा पदाधिकारीको दावेदार सार्वजनिक रुपमा खुलिसकेका छैनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here