सर्लाही ।। सर्लाहीमा अध्यक्ष पक्ष र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । आइतबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले स्थानीय लेथ मेसिन सञ्चालक ७० वर्षीय रामदिनेश साहलाई कुटपिट गरेपछि दोहोरो झडप भएको हो । झडपमा स्थानीय लेथ मेसिन सञ्चालक रामदिनेश साह, चक्रघट्टा गाउँपालिकाका कार्यालय सहयोगी ३५ वर्षीय दिनेश राय, नेकपा कार्यकर्ता स्थानीय रन्जित अधिकारी, जयप्रकाश यादव र नविन यादव घाइते छन् । घाइतेको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । कांग्रेस कार्यकर्ताहरूले गाउँपालिकाको ना १ झ १७०० नम्बरको जीप, ६ वटा मोटरसाइकल र कार्यालयमा समेत तोडफोड गरेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताए । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव नेकपाका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवका छोरा हुनुहुन्छ । नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि पटक–पटक आक्रमण गरेको कारण गाउँलेले उनीहहरूमाथि प्रतिकार गरेको नेपाली कांग्रेसका नेता कृष्णदेव यादवले बताए । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना केही कार्यकर्ता घाइते भएको उहाँको भनाइ छ ।
सर्लाहीमा नेकपा प्रचण्ड–नेपाल समूहका र कांग्रेस कार्यकर्ताबीच झडप
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।