काठमाडाैं ।। सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । पर्वको अवसरमा माघ १ सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।

आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।ओलीले भने, ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ।’

राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here