काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले छाड् भनेर प्रधानमन्त्री पद छाड्ने विषय नभएको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री पद दान नभएकाले कसैलाई दिन या छाड्न नसकिने टिप्पणी गरे ।
प्रधानमन्त्री पद दान हो र छाड्ने !’ ओलीले भने, ‘कमण्डलु थापेपछि पाइने चीज हो र प्रधानमन्त्री पद !’ नेकपा अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै ओलीले कसैका लागि प्रधानमन्त्री पद छाड्न नसकिने बताए । उनले प्रधानमन्त्री बन्नका लागि चुनाव लडेर आउन चुनौती दिए ।
आफूले कर्तव्यबोधका साथ मध्यावधि चुनाव घोषणा गरेको दाबी गरे । उनले भने, ‘मैंले गल्ती गरेको भए जनताले दण्ड देलान् नि ।’ उनले चुनावी मैदानमा आएर देखाउन आफ्ना विरोधीहरुलाई चुनौती दिए ।
प्रतिनिधिसभा बिघटन आफ्नो वाध्यता भएको ओलीको भनाई थियो । उनले भने, ‘धेरै प्रयास गरेँ सरकार पाँच वर्ष टिकाउन । अलोकतान्त्रिक लेनदेन, जालझेल र गठजोडका कारण ताजा जनादेशमा जानुपर्यो ।’ प्रतिनिधिसभा बिघटन संविधानसम्मत भएको जिकिर गर्दै संविधान पढ्न आग्रह गरे । उनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई समेत धम्की दिन खोजिएको टिप्पणी गरे ।
‘प्रधानमन्त्री पद दान हो र छाड्ने !’ : प्रधानमन्त्री ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।