काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।
तयस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना रहेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here