धनगढी ।। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सुदूपश्चिम प्रदेशको धनगढी बयलगाडा प्रदर्शन भएको छ। आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले बयलगाडा प्रदर्शन गरेको हो। प्रदर्शनकारीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएका भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। शनिबार मात्रै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले धनगढीमा नै आयोजित सभालाई सम्बोधन गरेका थिए। ओलीको सम्बोधन लगत्तै सोही स्थानमा दाहाल(नेपाल पक्षले ओलीको कदमविरुद्ध प्रदर्शन गरेको हो। यता राजधानी काठमाडौंको माइतीघरमा पनि ओलीको कदमविरुद्ध बयलगाडा जुलुस प्रदर्शन भएको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












