मुम्बइ ।। बलिउड नायिका जाहान्वी कपुर एक मलायालम चलचित्रको रिमेकमा काम गर्ने तयारीमा छिन् । भारतीय मिडियाका अनुसार, उनले मलायालम चलचित्र ‘हेलेन’को रिमेकमा काम गर्न लागेकी हुन् । जी स्टूडियो र बोनी कपुरले मिलेर बनाउन लागेको यो चलचित्र माथुकुट्टी जेभियरले निर्देशन गर्दैछन् । मलायालम चलचित्र ‘हेलेन’लाई उनले नै निर्देशन गरेका थिए । यो चलचित्रको छायांकन लखनउ र उत्तर प्रदेशका केही स्थानमा हुनेछ । भारत गएर क्यानडा बस्न चाहने एक नर्सको कथामा यो चलचित्र निर्माण भएको थियो । तर, अचानक यूवती गायब भएपछि आउने उतारचढावको कथा ‘हेलेन’मा प्रस्तुत गरिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।